नेपाली भूमिको रक्षा गर्न यथाशीघ्र पहल थाल्न सरकारसँग रास्वपाको माग
५ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली भूमिको रक्षा गर्नको लागि यथाशीघ्र पहल थाल्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा रास्वपा सांसद शिव नेपालीले लिपुलेक र कालापानीको भू–भाग छिमेकी राष्ट्रले प्रयोग गर्ने विषय गम्भीर भएकाले त्यस विषयमा सरकारले गम्भीर भएर देशको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
‘लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको छ। नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।’उहाँले भन्नुभयाे ।
साथै, उहाँले मानव तस्करीजस्तो गम्भीर विषय आउँदा ठूला पार्टीले गम्भीरतापूर्वक नलिएको उल्लेख गर्दै रास्वपाले स्वतन्त्र छानबिन समिति गठन गर्न अनुरोध गर्दा नगरेको र अहिले उपसभामुख माथि प्रहार गर्न खोजेको आरोप लगाउनुभयो ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १४:३१








