सिप्रदी ट्रेडिङद्वारा इभी ट्याक्सी व्यवसायी सम्मानित, दिगो यातायातमा विशेष योगदानको कदर
५ भदाै, काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रचलनलाई नयाँ उचाइमा पुर्याउँदै सिप्रदी ट्रेडिङ प्रा.लि.ले यस वर्षको नाडा अटो शो–२०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी इभी प्रमुख फ्लिट पार्टनर हरूलाई विशेष सम्मान प्रदान गरेको छ ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरेको हो ।
उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको कम्पनीले जनाएको छ ।
एक्सप्रेस–टी इभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।
नाडा अटो शो २०२५ हिजो अर्थात् भदौ ३ गतेदेखि सुरु भएको छ । उक्त शो आगामी भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सम्पूर्ण अटोप्रेमीहरुमा सिप्रदी ट्रेडिङ्ग खुला आह्वान समेत गरेको छ ।
प्रकाशित मिति : August 21, 2025 at 10:31 am









