२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

नेपाली भूमिसम्बन्धी चीन र भारतको सहमतिमा नेपाल बौद्धिक परिषद्को आपत्ति

५ भदौ, काठमाडौँ । नेपाल बौद्धिक परिषद्ले नेपाली भूमिसम्बन्धी चीन र भारतको सहमतिमा आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले ४ बुँदे विज्ञप्ति जारी गर्दै नेपालको जानकारी बिना नै नेपाली भूमि प्रयोग गरेर भारत–चीनको सीमा व्यापारलाई पुनःसञ्चालन गर्ने सहमतिमा आपत्ति जनाउनुभएको हो ।

उहाँले चार बुँदे विज्ञप्तिमा सहमतिका सम्बन्धमा चीनको आधिकारिक धारणा समेत माग गर्नुभएको छ । थपलियाले सबै प्रकारका विवाद कूटनीतिक माध्यमबाट अति शीघ्र समाधान गर्न नेपाल र भारत सरकारसँग माग गर्नुभएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १०:१०