२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै भेन्चर हायर पर्चेज

५ भदौ, काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न भदौ २७ गते काठमाडौंको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा साधारणसभा बोलाएको छ । सो सभा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) मार्फत सेयर बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक नियुक्ती गरी सञ्चालक समिति पुनर्गठन गर्ने, पूँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ०९:२३