सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुखलाई नाउपाको पत्र
४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधिसभामा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पत्र लेखेर सत्तापक्षमा सिट व्यवस्थापनका लागि आग्रह गर्नुभएको हो । बुधबारको कार्यव्यवस्था बैठकमा नाउपाबाट सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको सभामुख घिमिरेले जानकारी गराउनुभएको थियो ।
नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षमा बस्न सिट व्यस्थापनका लागि पत्र दिएको थियो भने त्यसपछि प्रतपक्षमा बस्दै आएको थियो।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १३:३९












