२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

डिम्ब निष्काशन र भण्डारणको काम रोक्न सर्वोच्चको आदेश

३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म डिम्बको निष्कासन र भण्डारण गर्ने कार्यमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यससम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको हो । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाले उक्त कार्य रोक्न आदेश दिनुभएको हो ।

प्रकाशित मिति : August 19, 2025 at 5:33 pm