सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी
३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । बैठक माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
उपसभामुख इन्दिरा राना मगरलाई नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदबाट हटाउन तयारी गरेपछि प्रचण्डले विपक्षी दलको बैठक बोलाउनुभएकाे हाे ।
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू सहभागी छन्। प्रतिपक्षमा रहेका नाउपा र जसपा नेपाल भने सत्तापक्षको छलफलमा गएका थिए।
प्रकाशित मिति : 15:56









