७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.७६ अंकले बढेर २७८०.१५ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३६ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा यूनाइटेड मोदी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिस्टीलरीको २८ करोड ३७ लाख ६६ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको २० करोड ३३ लाख ७६ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको १७ करोड ५० लाख ९६ हजार रुपैयाँ, माउन्टेन इनर्जीको १७ करोड ८ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : August 19, 2025 at 3:19 pm