प्रचण्डले बोलाए विपक्षी दलको बैठक
३ भदौ, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाउनुभएको छ। उपसभामुख इन्दिरा रानालाई हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि प्रचण्डले विपक्षी दलको बैठक बोलाउनुभएको हो ।
केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।
प्रकाशित मिति : 14:40









