१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमालेले सांसदलाई आकस्मिक रूपमा बोलायो सिंहदरबार

३ भदौ, काठमाडौं । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । तर संसदमा विचाराधीन केही विवादास्पद विधेयकप्रति पार्टीको आधिकारिक धारणा बनाउन बैठक आयोजना गरिएको बुझिएको छ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइएकाे छ। उपसभामुख रानामगरमाथि संसद सचिवालयको लेटरप्याड प्रयोग गरेर अमेरिकी भिसाका लागि विभिन्न व्यक्तिहरूलाई सिफारिसपत्र लेखेको आरोप लागेको छ।

प्रकाशित मिति : August 19, 2025 at 10:29 am