कलश स्टक मार्केट ब्रोकरको पहिलो शाखा बुटवलमा स्थापना
१ भदाै, काठमाडौँ । काठमाडौको बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केटले सेवा विस्तार गरेको छ । रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा गत श्रावण अन्तिम साताबाट स्वस्तिपुजा गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची लगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित शेयर कारोवार गर्न सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल विश्वास लिएका छन ।
यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र लाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले बताए ।
प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १४:०९












