७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

आम्दानीसँगै सान्भी इनर्जीको नाफामा ६७.६१ प्रतिशतको गिरावट

३० साउन, काठमाडौं। सान्भी इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६७.६१ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको आम्दानी २७ करोड १२ लाख रुपैयाँ थियो ।

 चुक्तापूँजी ८८ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १२ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 09:58