७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

सामुदायिक लघुवित्तले नाफा ३९ लाख ८८ हजार, अन्य सूचकमा सुधार

२९ साउन, काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ३९ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी ४ करोड १७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४७.९२ प्रतिशतले बढेर १० करोड ९२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्ममा कम्पनीको खराब कर्जा घटेर ४.८९ प्रतिशतमा आइपुगेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खराब कर्जा ७.९० प्रतिशत रहेको थियो ।

सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १७ करोड ८ लाख र जगेडा कोष ८ करोड ३४ लाख रुपैयाँ सञ्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.३३ रुपैयाँ, नेटवर्थ ११६.८२ रुपैयाँ र तरलता अनुपात १९.९० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : August 14, 2025 at 5:39 pm