२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा सुधार

२९ साउन, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २६ सय प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४३.२७ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी जम्मा ८ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

अघिल्लो आवमा ३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आवमा ३९ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.६० रुपैयाँ बढेर ८.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १७:३०