दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि
२८ साउन, काठमाडाैं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते बिहीबार हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ भाेलि बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११.६६ गुणा बढी आवेदन हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् । सोही मध्यबाट ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । साथै, २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १७:५४














