२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

२८ साउन, काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको जनाएको छ।

 पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १७:१२