सन नेपाल लाइफले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
२८ साउन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि लाभांश नदिने निर्णय गरेको छ ।
साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । साथै ,बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:१६












