रास्वपा महामन्त्री दाबी गर्दै मुकुलले सर्वोच्चमा दायर गरेको रिट खारेज
२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफू महामन्त्री कायम गर्नुपर्ने मागसहित पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।
प्रकाशित मिति : 17:59









