नेप्सेमा एक कम्पनीकाे सेयरमूल्य समायोजन
२७ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटलको सेयरमूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसा पुगेको छ। नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ९६१ रुपैयाँ १५ पैसाका आधारमा सेयरमूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : August 12, 2025 at 10:51 am









