२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

२५ साउन, काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताउनुभयो ।

 काभ्रेको बनेपा( ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान सुरु भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १३:४२