२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

आईपीओ निष्कासन गर्दै पल्लवी लुब्रिकेन्ट्स

२५ साउन, काठमाडौं । पल्लवी लुब्रिकेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको निष्काशनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भदौ १९ गते मोरङको कटहरी गाउँपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्न आवश्यक प्रक्रिया अघि बढाउने र सो सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १२:०८