११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नारायणकाजी श्रेष्ठ र घनश्याम भूसालबीच भेटवार्ता, के भयो कुराकानी ?

२३ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ। उहाँहरूबीच शुक्रबार दिउँसो भेटघाट भएको हो।

हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता लगायत विषयमा कुराकानी भएको बताइएकाे छ । यसअघि माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गर्नुभएको थियो ।

प्रकाशित मिति : August 8, 2025 at 4:59 pm