१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

वाइसिएलका ५ पूर्वउपाध्यक्षलाई माओवादीले बनायो वैकल्पिक केन्द्रीय सदस्य

२३ साउन, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले वाइसिएलका ५ जना पूर्वउपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ।  माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो । ज्ञानेन्द्रबहादुर गुरुङ, केहरसिंह कुँवर, उमेश घोरासैनी, मञ्जु बम र सुदिप ढुंगानालाई पार्टीले वैकल्पिक केन्द्रीय सदस्य बनाएको हो ।

अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकाहरूलाई सोही रूपमा यथावत कायम राख्ने निर्णय माओवादी केन्द्रले गरेको छ। विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरुको हकमा प्रदेश समितिमा यथावत राख्ने र प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रुपमा जिम्मेवारी दिने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : August 8, 2025 at 3:49 pm