३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै

 २३ साउन, काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा आज तीनकुने काठडौंमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुँदैछ । उक्त सभामा १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, सभामा यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी ४७ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत साउन २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : August 8, 2025 at 10:50 am