१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सहकारी ठगीका मास्टरमाइन्ड मानिएका रवि बिगो तिर्न किन हतारिए ?

२२ साउन, काठमाडौँ । सहकारी ठगीमा मास्टरमाइन्ड मानिएका रवि लामिछाने सहकारी ठगीकै मुद्दामा पूर्पक्षका लागि थुनामा छन । अनेका काण्डको शिखरमा रहेका लामिछाने प्रतिनिधिसभाको एकै कार्यकालमा चितवन २ बाट २ पटक नै प्रतिनिधिसभामा समेत निर्वाचित भैसकेका छन ।

रूपन्देहीको कारागारामा थुनामा रहेका रविले बिगो बारबरको रकमको बैंक जमानत लिएर थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन । लामिछानेलाई सर्वोच्च अदालतले रूपन्देही जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला नहुँदासम्म थुनामा पठाउन आदेश दिएको थियो।

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने बुटवलको सूप्रीम सहकारीको बचत अपचलनको अभियोगमा थुनामा छन । तीनवटै तहका अदालतमा पुनरावेदनको ढोका बन्द भएपछि रविले बिगो रकम जम्म गरेर मुलुकी अपराध कार्यविधि संहिताको व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न निवेदन दिएका हुन्।

जिल्ला अदालत रूपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछानेले दिएको निवेदनबारे कारबाही अघि बढिसकेको छ । ज्ञवालीका अनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ ब्याङ्क ग्यारेन्टी पेस गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अन्तर्गत बिगोबराबरको जमानत राखेर आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन ।

सामान्यतय मुद्दाको फैसलापछि मात्र बिगोको टुंगो हुन्थ्यो सोही अनुसार अभियुक्तहरूले बुझाउने गर्थे तर रविले भने मुद्दाको अन्तिम किनारा नलाग्दै बिगो तिर्न हतार गरेका छन । उनले थुनमुक्त हुँदा मुद्दा प्रभावित गराउन सहज हुने भएकाले यसरी हतार गरेर बिगो जम्मा गरेको हुनसक्ने कतिपयको तर्क छ ।

प्रकाशित मिति : August 8, 2025 at 8:12 am