पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छः गृहमन्त्री लेखक
२२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताउनुभएको छ । बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उहाँले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताउनुभएको हो । “नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ ।”
उहाँले भन्नुभयो–“२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।” उहाँले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताउनुभयो । “संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ ।” उहाँले भन्नुभयो–“हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ ।”उहाँले अहिले पूर्वसुचना प्रणालीले मानविय क्षति नभएको बताउनुभयो ।

पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उहाँको भनाई थियो । “जुन ठाउँमा हामीले पूर्व सुचना दिनसक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानविय क्षति भभएको छैन ।” उहाँले भन्नुभयो–“जुन ठाउँमा पूर्व सुचना दिन सकेनौ तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानसवय क्षति भएको छ ।” उहाँले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको बताउनुभयो । उहाँले गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सुचना हुँदा मानविय क्षति नभएको बताउनुभयो ।
प्रकाशित मिति : 12:52









