१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा, बुककलोज कहिले ?

२१ साउन, काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने  लाभांश घोषणा गरेको हो ।

साउन २० गते बसेको फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : August 6, 2025 at 11:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/