८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै बलेफी हाइड्रोपावर

२१ साउन, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त हकप्रद सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : August 6, 2025 at 10:55 am