१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

दरमखोला हाइड्रोको आइपीओमा ११ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !

२० साउन, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११.६६ गुणा बढी आवेदन हो ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् भने २१ दाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १७:५०