२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

नवनियुक्त मुख्यमन्त्री बानियाँद्वारा शपथ ग्रहण

२० साउन, मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई सोमबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बन्नुभएका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुनुहुन्छ । उहाँ कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 17:18