केरुङ नाकाको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
२० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौताले रसुवाको केरुङ सडकखण्ड अवरोध हुँदा चीनबाट सामान ल्याउन समस्या भएकाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले चाडपर्व नजिकिँदै गर्दा चीनबाट सामान ल्याउन समस्या भएकोप्रति सरकारको ध्यानाकषर्ण गराउनुभएको हो ।
उहाँले भन्नुभयो, “गएको असार २४ गते रसुवामा भीषण बाढी गयो, केरुङ नाकाको मितेरी पुलमा क्षति भयो, केरुङ नाका अहिले अवरुद्ध छ, त्यसको कारण केरुङ भएर नेपालतर्फ आउने सबै गाडीहरु रोकिएका छन्, त्यसको चाप अहिले तातोपानी नाकामा परेको छ, तातोपानीबाट पनि प्रत्येक दिन आठ/दश वटा मात्रै कन्टेनर नेपाल आउने र जाने अवस्था रहेछ, यसलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उहाँले कोदारी खण्डमा यातायातका लागि असहज भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रकाशित मिति : 16:51









