२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेत प्रहरी नियन्त्रणमा

२० साउन, काठमाडौं । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतविरूद्ध जाहेरी दिएका थिए।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि वडाध्यक्ष बस्नेत मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर भएको एसपी कुलदिप चन्दले जानकारी दिनुभयो ।

तारकेश्वर-११ र काठमाडौं-१६को सीमाना पर्ने महादेव खोला किनारमा बाँध निर्माण गर्ने विषयमा दुई पक्षका स्थानीयबीच असार २३ मा झडप भएको थियो। उक्त झडपलाई लिएर वडाध्यक्ष बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : August 5, 2025 at 2:39 pm