दुर्गा प्रसाईं कारागार मुक्त, मध्यरातमा समर्थकलाई दुई हात जोडेर घर हिँडे
१९ साउन, काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि दुर्गा प्रसाई कारागारमुक्त हुनुभएको छ । सोमबार उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश उल्टाउँदै दुर्गालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
डिल्लीबजार कारागार प्रशासनले सोमबार राति १० बजेर ४० मिनेटको समयमा प्रक्रियागत काम पूरा गरी प्रसाईलाई रिहा गरेको छ । दुर्गा बागमती प्रदेश ०१ ०२८ च ०२०१ नम्बरको सेतो ल्याण्डक्रुजर चढेर घर फर्किनुभएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिनुभएको थियो ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार २३:३२












