३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

वडा अध्यक्ष समेत रहनुभएको एमाले नुवाकोटका नेता रिमालको निधन

१९ साउन, नुवाकोट । नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहनुभएको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ ।

रिमालको सोमबार बिहान ३ बजे उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा निधन भएको एमाले नुवाकोटका सचिवालय सदस्य विष्णु तारूकेले जानकारी दिनुभयो । रिमाल निमोनिया लगायतको समस्या भएपछि केही दिनअघि वीर अस्पतालमा भर्ना हुनुभएको थियो ।

४४ वर्षीय रिमाल गत स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीको महागठबन्धनलालाई पराजित गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको थियो। कांग्रेसको गढ मानिएको उक्त वडामा रिमाल २०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ०६:५५