थारु आयोगकी सदस्य मोदीले कार्यवाहक अध्यक्षलाई कार्यकक्षभित्रै थुनिन्
१८ साउन, काठमाडौं । थारु आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षभित्रै थुन्नुभएको छ । एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्षले रोकेपछि विवाद भएको जनाइएको छ ।
कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोकामा चाबी लगाएको फोटो मोदीले आफ्नै फेसबुकमा अपलोड गर्नुभएको छ । प्रहरीले ताला खुलाएर कार्यवाहक सिंहलाई बाहिर निकालेको छ ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १६:४६









