१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा कति पर्यो आवेदन ?

१६ साउन, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म कम्पनीको आइपीओमा १३ लाख १८ हजार ४६२ जनाले १ खर्ब ५९ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ९० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । याे मागभन्दा ६.६ गुणा बढी हाे ।

कम्पनीले साउन १५ गतेदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गरेको हो ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ भने ढिलोमा साउन २९ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १८:१८