६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नुवाकोटको बेलकोटगढीमा करेन्ट लागेर ४ वर्षीया बालिकाको निधन

१६ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा करेन्ट लागेर ४ वर्षीया बालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार बेलकोटगढी नगरपालिका वडा नम्बर १० धमलेमा ४ वर्षीय आँचल राना मगरको निधन भएको हो ।

शुक्रबार बिहान १० बजेर ३० मिनेटको समयमा शिब अधिकारीको घर रेखदेख र खेतीपाती गर्न बसेका दाङ तुलसीपुर नगरपालिका वडा नं। ७ स्थायी वतन भएका विजय राना मगरको छोरी आँचललाइ मोबाईल चार्ज गर्ने बिजुलीको प्लकमा छुदा करेन्ट लागेको हो ।

करेन्ट लागे लगत्तै उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको भए पनि उचारको क्रममा दिउँसो २ बजेर १० मिनेट जाँदा आँचलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको मुचुल्चका गरेर थप अनुसन्धान अघि बढाएको डिएसपी लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १७:३७