१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने

१६ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिएपछि लामाले पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिनुभएको थियो । तर, देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले राजीनामा दिन लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 1, 2025 at 3:44 pm