१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

१६ साउन, काठमाडौं । एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा गरिएको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको हाे। कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले लाभांश वितरण प्रयोजनार्थ आज अर्थात साउन १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ साउन १५ गतेसम्म कायम इकाईधनीहरुले कोषको लाभांश प्राप्त गर्न सक्नेछन्। एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखि योजना हो।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार १०:४०