१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

१५ साउन, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १६ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार ०९:०४