२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

१२ साउन, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि  संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १०:०७