१ असार २०८३, सोमबार | Mon Jun 15 2026

छुट्ला है ! एक इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

१३ साउन, काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ।इन्स्योरेन्सको हकप्रद सेयरमा अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 29, 2025 at 9:36 am