गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दुई जना मृत फेला
१२ साउन, काठमाडौं। रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।
नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो।
प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १३:१३









