७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राष्ट्र बैंकले ५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

९ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्ने तयारी गरेको हो। बैंकले इच्छुक कम्पनीहरूलाई आगामी सेप्टेम्बर ७  तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४६ अमेरिकी डलर वा १२६ युरो वा १०९ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।

प्रकाशित मिति : July 25, 2025 at 12:28 pm