२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा

७ साउन, काठमाडाैं । सरकारले मधेस प्रदेशका जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा विपद संकटग्रस्त घोषणा भएको हो।

तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। मधेश प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४को दफा १४ को उपदफा (द)मा संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : 13:10