समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता
४ साउन, काठमाडाैं । समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच साउन ४ गते बिहान पोखराको होटल ल्याण्डमार्क लेकसाईड पोखरामा मर्जरको लागि सम्झौता भएको हो।

यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने छ । कम्पनीहरुबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत भएकाे छ । त्यस्तै मर्जर पछि समृद्धि फाइनान्सबाट अध्यक्ष सहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने छन् ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडाैंमा रहने गरी दुई संस्था वीच एकापसमा गाभ्ने गाभिने (मर्जर) मा सहमत भई समझदारी पत्रमा समृद्धि फाइनान्सकाे तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक तिल बहादुर गुरुङ्गले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएकाे छ ।

यस समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने अपेक्षा फाइनान्सले राखेकाे छ । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्न गाभिन प्रोत्साहित गर्ने केन्द्रीय बैंकको नीतिगत ब्यवस्थालाई दुई वित्तीय संस्थाको गाभ्ने गाभिने (मर्जरमा) सहभागी हुने निर्णयले थप बल पुगेको फाइनान्सले जनाएकाे छ ।

साथै दुई वित्तीय संस्थाको संस्थापक सेयर होल्डरहरु, साधारण सेयरधनीहरुको सुरक्षा, हित र समग्र मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा सुधारआउने अपेक्षा फाइनान्सले लिएकाे छ । समितिको संयोजकमा सुदिप घिमिरे रहनुभएको छ भने सदस्यहरूमा दिनेशकुमार बर्तौला र विनोदकुमार सुवेदी, तिलबहादुर गुरूङ, प्रतीक गुरूङ र यामबहादुर सुर्खाली हुनुहुन्छ । संयोजक घिमिरे समृद्धिको सञ्चालक हुनुहुन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १०:५३












