७ असार २०८३, आइतबार | Sun Jun 21 2026

उत्कृष्ट प्रतिवेदन तयार गरेबापत नेपाल इन्स्योरेन्स कम्पनी गोल्ड अवार्डबाट सम्मानित

४ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत गोल्ड अवार्डबाट सम्मानित भएको छ।नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेको भन्दै ‘नेशनल बेष्ट प्रिजेण्टेड एन्युअल रिपोर्ट अवार्ड २०२४’का लागि गोल्ड अवार्ड पाएको हो।

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेण्ट अफ नेपाल (आईक्यान)ले साउन २ गते शुक्रबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा कम्पनीलाई गोल्ड अवार्ड दिएको हो।

उक्त समारोहका प्रमुख अतिथिका रूपमा रहेका महालेखापरीक्षक तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनलाई अवार्ड र सम्मान पत्र प्रदान गरेका हुन्।

प्रकाशित मिति : July 20, 2025 at 10:00 am