कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढ्यो
२ साउन, काठमाडाैं । काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४१ करोड १२ लाख थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ।
३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ।
प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार ०९:४७












