एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित
१ साउन, काठमाडाैँ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित हुनुभएको छ ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले बुधबार उहाँलाई सम्मान गरेको हो ।

सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार २२:२०












