१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सेयर बजारमा उछाल, १६ अर्ब ५९ करोडको कारोबार

१ साउन, काठमाडौं । साताको अन्तिम तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबारकाे दिन सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन ट्रेड टावर, शुभम् पावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

यस दिन नोपल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८४ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १५:३०